भिम ब.तामाङ लोकतन्त्र केन्द्रद्वारा श्रमिकलाई राहत वितरण

काठमाडौ – भिम बहादुर तामाङ लोकतन्त्र केन्द्रले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा १०० जना श्रमिकलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

लकडाउनका कारण समस्यामा काठमाडौ जोरपाटी , बेसिगाउ र माकलबारी क्षेत्रमा कार्यरत ज्यालादारी एवं स्वरोजगार श्रमिकहरुलाई शुक्रबार श्रमिक दिवसको अवसर पारेर खाद्यान्न राहत बाडेका हुन् । राहत वितरण कार्यक्रममा उपस्थित हुनु भएका गोकर्णश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले श्रमिक दिवसको दिन भिम बहादुर तामाङ लोकतन्त्र केन्द्रले श्रमिकलाई सम्झेर राहत वितरण गरेकोमा धन्यवाद दिनु हुँदै समस्यामा परेको श्रमिकलाई नगरले सहयोग गर्ने वचन दिए ।

भिम बहादुर लोकतन्त्र केन्द्रका अध्यक्ष एवं ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले लकडाउनका कारण दैनिक छाक टार्न गारो अवस्थामा पुगेको श्रमिकहरुमाझ केहि राहत दिन श्रमिक दिवसको दिन साथमा उभिन आएको बताउनु हुदै मेयर चालिसे समक्ष दैनिक ज्यालादारी र स्वरोजगार श्रमिकको पन्जिकरण गरि श्रमिकका समस्यामा सहयोग गर्न अनुरोध गरे ।

राहत जापानमा कार्यरत अश्मी लामा र कुन्साङ गोन्बाले सहयोग गर्नु भएको थियो भने राहत वितरण कार्यक्रममा गोकर्णश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, लोकतन्त्र केन्द्रका अध्यक्ष बलदेव तामाङ, महासचिव निर्मल कुमार घिसिङ,कोषाध्यक्ष सुदिप बुढाथोकी , वडा-८ का वडा अध्यक्ष , केन्द्रका सदस्य बिमल तिमिल्सिना र ट्रेड युनियन कांग्रेसका नेता ज्ञानहरि ढुगाना लगायतको उपस्थित रहेको थियो

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको