काठमाडौं – विश्वभर कोरोना महामारीको संकटले गाँजी रहेका बेला कसरी यसबाट मुक्ति पाउँने र अर्थतन्त्रलाई उकास्ने भन्ने विषयमा बहस भइरहेको बेला नेपालमा भने राजनितिक खिचातानीले उग्र रुप लिइरहेको छ । चरम सत्तालिप्सामा नेताहरु रमाएको देख्दा जनता वाक्क भएका छन् । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तिरिक शक्ति संघर्ष र रडाकोले देश तरंगित भइरहेको छ । दुई विवादास्पद अध्यादेश ल्याएर फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओली घेरावन्दीमा परेका छन् ।
अध्यादेश फिर्ता लिइसकेपछि पनि आफुलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट हटाउँन षड्यन्त्र गरिएको भन्दै ओलीले दुखेसो गरिरहेका छन् । प्रधानमन्त्री माथी दबाव बढाउँदै लगेको नेपाल प्रचण्ड गठबन्धनले ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट राजिनामा गराएरै छोड्ने रणनिति लिएको छ । यसैबीच प्रधानमन्त्रीले बामदेव कार्ड फालेका छन् यसले कस्तो परिणाम दिने हो त्यो भने हेर्न बाँकी नै छ । प्रधानमन्त्रीबाट प्रधानमन्त्रीको अफर आएपछि अब बामदेवको भूमिका के रहन्छ यसले धेरै हदसम्म नेकपाको आगामी राजनितिलाई निर्देशित गर्ने छ ।
प्रधानमन्त्री ओलीलाई हटाउँने कसरत सुरु भएसँगै बालुवाटार जग्गा काण्डमा मुछिएका माफीयाहरु जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउँन सक्रिएको रहेको उच्च स्रोतले जानकारी दिएको छ ।
नेकपाका उच्च तहका एक नेताले अन्नपूर्ण टाइम्ससँग कुराकानी गर्दै माफीयाको कब्जामा रहेका नेकपाकै नेताहरुले उनीहरुको इसारामा लागेर ओलीलाई ढाल्ने षड्यन्त्र गरेको आरोप लगाए । नाम चलेका २०० देखि ३०० जनाको नेताहरूको नाम बालुवाटार जग्गा काण्डमा मुछिएको छ उनीहरुको कसैको पनि अनुहार नहेरी कारवाही गर्न ओलीले कलम चालेपछि उनीहरुमा छट्पटी सुरु भएको र कुनै पनि हालमा ओलीलाई ढालेरै छोड्ने रणनितिमा उनीहरु लागेको ती नेताले बताए ।
प्रधानमन्त्रीले यसअघि पनि पटक पटक बरु कुर्सी छाड्न तयार छु तर भ्रष्टाचारी , माफीयालाई कारवाही गरेरै छोड्छु भन्ने अभिव्यक्ति दिँदै आएका थिए । यता वालुवाटार जग्गाकाण्डमा मुछिएका पार्टी महासचिव विष्णु पौडेल एकाएक ओली क्याम्प छोडेर नेपाल प्रचण्ड क्याम्प तिर टाँसिन जानुले पनि रहस्य बढाएको छ । बालुवाटार जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधव नेपालको पनि नाम जोडिएको छ । नेपाल निकट नेता रघुजी पन्तले सार्वजनिक रुपमै नेताहरुलाई भ्रष्टाचारको मुद्धामा फसाउँन ओलीले चाल खेलको बताएका छन् ।
