करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।

दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।

चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्काेटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।

ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धी समेत रहेका गायक-गायिकाहरु प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए ।

नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ । शोका निर्देशक सुरेश पौडेल हुन् ।

सिफारिस

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय...

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

धेरै पढिएको