महोत्तरी- महोत्तरीको उत्तरपूर्वी दुई बस्तीमा १० दिनका बीचमा ११ जनाको मृत्यु भएको छ । ‘विषाक्त रक्सी’सेवनका कारण मृत्यु भएको आशंकामा उनीहरुको भिसेरा संकलन गरेर लागि काठमाडौं पठाइएको छ । शनिबार मात्रै दुई जनाले ज्यान गुमाएका छन्
नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा परीक्षणका लागि पठाइएको भिसेरा रिर्पोट कुरिरहेको प्रदेश २ का प्रहरीले यसबीचमा घरेलु रक्सीको उत्पादन, बिक्री–वितरण र सेवनमा समेत कडाइ गरेको छ । स्थानीय भने मृत्युको कारण घरेलु रक्सी मात्र नभई अरु पनि हुनसक्ने आशंका गरिरहेका छन् ।
महोत्तरी, भंगहा नगरपालिका–७ को मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को अहिमान बस्तीका ११ जनाको एकपछि अर्को गर्दै मृत्यु भएपछि दुवै बस्तीमा शोक छाएको छ । यी एकअर्कामा जोडिएका बस्ती हुन् । लगालग बस्तीका मानिसहरुको मृत्यु हुन थालेपछि गाउँमा त्रास फैलिएको छ ।
