नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई ओलीले दिए सारङ्गी उपहार

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् । आज नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमाआयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाल आइडल विजेता करण परियार र उपविजेताहरू क्रमशः सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई बधाई तथा शुभकामना दिएका हुन् ।

अध्यक्ष ओलीले नेपाल आइडल करण परियारलाई नेपालको मौलिक र पुरानो बाजा सारङ्गी उपहार दिएका थिए। अध्यक्ष ओलीले यस सफलतालाई सुरुवात मानेर प्रतिभाशाली कलाकारहरूले सफलताका पाइलाहरू अगाडि बढाउने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीले कला, संस्कृति, भाषा देशको सबैभन्दा ठूलो पहिचान भएको बताउँदै करण लगायत नयाँ प्रतिभाहरूबाट यसलाई माथि उठाउने काम भएकोमा खुशी व्यक्त गरे।

नेकपा (एमाले) साहित्य, कला संस्कृति विभाग र राष्ट्रिय जनसाँस्कृतिक महासंघ,नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘साहित्य, सङ्गीत, छन्द, भाषाको उद्गम थलो यही भूमि भएको छ। संस्कृतिको रक्षा गर्दै यसलाई हामीले अगाडि बढाउनुपर्छ।’

कार्यक्रममा नेपाल आइडलका विजेताहरुले बधाई तथा सम्मान गरेर आफूहरूलाई अगाडि बढ्न हौसला मिलेको बताए। बर्दियाका परियारले गत शनिबार उपाधि जितेका हुन्। परियारले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका थिए। दर्शकको भोटका आधारमा उनलाई विजेता घोषणा गरिएको हो।

यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको