नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई ओलीले दिए सारङ्गी उपहार

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् । आज नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमाआयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाल आइडल विजेता करण परियार र उपविजेताहरू क्रमशः सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई बधाई तथा शुभकामना दिएका हुन् ।

अध्यक्ष ओलीले नेपाल आइडल करण परियारलाई नेपालको मौलिक र पुरानो बाजा सारङ्गी उपहार दिएका थिए। अध्यक्ष ओलीले यस सफलतालाई सुरुवात मानेर प्रतिभाशाली कलाकारहरूले सफलताका पाइलाहरू अगाडि बढाउने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीले कला, संस्कृति, भाषा देशको सबैभन्दा ठूलो पहिचान भएको बताउँदै करण लगायत नयाँ प्रतिभाहरूबाट यसलाई माथि उठाउने काम भएकोमा खुशी व्यक्त गरे।

नेकपा (एमाले) साहित्य, कला संस्कृति विभाग र राष्ट्रिय जनसाँस्कृतिक महासंघ,नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘साहित्य, सङ्गीत, छन्द, भाषाको उद्गम थलो यही भूमि भएको छ। संस्कृतिको रक्षा गर्दै यसलाई हामीले अगाडि बढाउनुपर्छ।’

कार्यक्रममा नेपाल आइडलका विजेताहरुले बधाई तथा सम्मान गरेर आफूहरूलाई अगाडि बढ्न हौसला मिलेको बताए। बर्दियाका परियारले गत शनिबार उपाधि जितेका हुन्। परियारले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका थिए। दर्शकको भोटका आधारमा उनलाई विजेता घोषणा गरिएको हो।

यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको