काठमाडौं – यतिबेला हामी सबैले देशको माटोलाई छातीमा राखेर सक्रिय योगदान दिने समय आएको छ । स्पष्ट कित्त्ताकाट हुनै पर्दछ को कहाँबाट संचालित छन् भनेर। राष्ट्रघाती दलाल राजनीतिक स्वइच्छाचारी (Oligarchy) विकृति र विसंगती विरुद्द गोलवद्द हुने समय अझै आएन र ? नागरिकहरुलाई लालिपपमा भुलाउने धृष्टता गर्ने नेपाली राजनितिको निकम्बा राजनितीक नेतृत्वलाई अब नेपाली नागरिकहरूले स्वीकार गर्ने छैनन । हुनु नहुन सबै भए । सियो नबन्ने देशमा जनयुद्दका नाममा वुलेट टु व्यालेट, व्यालेट टु प्यालेस भयो अर्काका रणनैतिक चालमा नेपाली छोरा छोरीका रगतका आलमा खेल्दै आएको मूल्यहीन राजनीतिले नेटो काट्यो। नेपाल राष्ट्र र नेपाली बचाऔ र यो देश आफै बनाऔ भन्ने नेपाली भावमा र क्षमता प्रदर्शन गर्ने समय नेपालको ईतिहासमा फेरि एक पटक आएको छ ।
देशले वैकल्पिक राजनीतिक शक्ति माग्यो भन्ने कुरा जग जाहेरछ। यस्तो बेलामा एकिकृत हुनका लागि कस्लाई के ले रोक्यो ? ठण्डा दिमागले छलफल गरि निर्णय लिने समय अझै आएन र ? के हामीसंग एजेण्डा, नेतृत्व, संगठन, अभियन्ता, साधन स्रोत, युवा शक्ति, छिमेकी देशको समर्थन वा अन्य कुनै कारणले रोकिएको हो ? हो भने के कारणले हो स्पष्ट गर्नुपर्छ । सबैले जाग्ने समय यही होईन र ? जागौं व्यक्तिगत कुण्ठा, पद, उमेर, व्यक्तिगत स्वार्थ लाभ, र जात-भातबाट माथि उठेर हामी नेपाली हौं भन्नलाई के को लाज ? हाम्रा सन्ततीहरूप्रति इमान्दार र उत्तरदायी भइ जन्मभूमीको माटो छातिमा राखेर निर्णय लिने आजको हाम्रो दायित्व होईन र ? छुटेका भाइ भाईहरु एकताबद्ध हुँदै प्रतिवद्द भइ एकिकृत हुँदै देशलाई काँध हाल्न हामीलाई कस्ले छेक्छ ? नेपाल र नेपाली बचाउन र बनाउन हामीलाई नदिने शक्ति देश भित्रकै हो या बाहिरिया हुन ? वैकल्पिक राजनीतिक शक्ति आवश्यक हो र ? यसका लागि कुनै बाटो छैन भने सो बाटो हामीले आफ्नै बुद्दि र बिचारका आधारमा निर्माण गरौ ।
नेपाललाई विभिन्न राजनीतिकवादहरूको प्रयोगशाला बनाइएको छ यस्तो किन हुन्छ ? । मूल्यहीन राजनीतिक संक्रमणको माखे सांग्लोमा फसाई मूल समस्याहरू ओझेलमा पार्दै हाम्रा सनातत हिन्दू राष्ट्रको पहिचान, राजसंस्थालाई मास्न दिने हक कसैलाई थिएन, त्यो अधिकार कस्ले कसरी प्रयोग गरे ? अध्ययन र आवश्यकता विनाका संघीयताको असफलता, नीतिगत भ्रष्टाचार सरकार कै संरक्षणमा रुपमा हुँदासम्म सचेत नागरिकको सामुहिक आवाज आउन किन सक्दैन ? खुल्ला सिमाना, युवा शक्ति पलायन, बाह्य दबाव र प्रभाव, के कारणले हामी यति निरीह र नालायक भयौं ? सबैले आ- आफ्ना बिचारलाई- अध्ययन र अनुभवका आधारमा केलाउने समय अझै भएन ? अबका दिनमा नेपाली समाजमा उत्पन्न हुने भोकमरी र बेरोजगारीका व्यापक चुनौतिहरूका बारेमा राज्यको धारणा आफ्नै होला तर हाम्रो सामाजिक धारणा बारे हामी स्पष्ट हुनुपर्छ कि पर्दैन ?
दीर्घकालका योजना, नीति, रणनीति सहितका कार्यक्रममा प्राथिमकता दिनुको साटो सरकार तथा ठूला दलहरूको ध्यान कुर्सीको भागभण्डा र कमाउमा केन्द्रीत रहेको आजको यथार्थ सर्ववितिदै छ । नागरिकहरुलाई ललिपपमा अबका दिनमा जनतालाई भुलाउने धृष्टताका कसैले पनि गर्नु शोभनीय हुने देखिदैन । देशमा समस्या मात्रै होइन् प्रशस्त सम्भावनाहरू छन ।
त्यसैले आउनुहोस आफुसंग भएका अनुभव र क्षमताका लगत, विवरण, नीति, रणनीति र कार्यक्रमका दस्तावेज सहित एकै थलोमा बसौ एकिकृत राष्ट्रिय अभियान तय गरी अघि बढौ । शान्तिको मार्गवाट वीर पुर्खाहरुका पौरखी इतिहासलाई कायम राख्न जरूरत परे आंधीवेरी सृजना गर्ने हामीले नै हो । देशलाई प्रदेश बनाएर अलपत्र पारिएका नेपालीका लागि यस अबस्थामा सहज जीवन राज्यले दिन सकेको छैन । यो कुनै आरोप मात्र होईन- धरातलिए यथार्थ हो । एक गांस खान लाउन पुगेकाहरू नेपाली नागरिकहरू, वुद्दिजिवीहरू, राष्ट्रवादीहरू, सुरक्षा राष्ट्रसेवकहरू र राजसंस्था अन्तर्गतका राजा समेत जागौं । एकता नै शक्ति हो । जय नेपाल! जय नेपाली !!
(लेखक अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा राष्ट्रिय शक्ति नेपालका राष्ट्रिय अभियन्ता,
डा. ठाकुर मोहन श्रेष्ठ हुन्)
