वैकल्पिक राजनीतिक शक्ति आजको आवश्यकता

काठमाडौं – यतिबेला हामी सबैले देशको माटोलाई छातीमा राखेर सक्रिय योगदान दिने समय आएको छ । स्पष्ट कित्त्ताकाट हुनै पर्दछ को कहाँबाट संचालित छन् भनेर। राष्ट्रघाती दलाल राजनीतिक स्वइच्छाचारी (Oligarchy) विकृति र विसंगती विरुद्द गोलवद्द हुने समय अझै आएन र ? नागरिकहरुलाई लालिपपमा भुलाउने धृष्टता गर्ने नेपाली राजनितिको निकम्बा राजनितीक नेतृत्वलाई अब नेपाली नागरिकहरूले स्वीकार गर्ने छैनन । हुनु नहुन सबै भए । सियो नबन्ने देशमा जनयुद्दका नाममा वुलेट टु व्यालेट, व्यालेट टु प्यालेस भयो अर्काका रणनैतिक चालमा नेपाली छोरा छोरीका रगतका आलमा‌ खेल्दै आएको मूल्यहीन राजनीतिले नेटो काट्यो। नेपाल राष्ट्र र नेपाली बचाऔ र यो देश आफै बनाऔ भन्ने नेपाली भावमा र क्षमता प्रदर्शन गर्ने समय नेपालको ईतिहासमा फेरि एक पटक आएको छ ।

देशले वैकल्पिक राजनीतिक शक्ति माग्यो  भन्ने कुरा जग जाहेरछ।  यस्तो बेलामा एकिकृत हुनका लागि कस्लाई के ले रोक्यो ? ठण्डा दिमागले छलफल गरि निर्णय लिने समय अझै आएन र ? के हामीसंग एजेण्डा, नेतृत्व, संगठन, अभियन्ता, साधन स्रोत, युवा शक्ति, छिमेकी देशको समर्थन वा अन्य कुनै कारणले रोकिएको हो ? हो भने के कारणले हो स्पष्ट गर्नुपर्छ । सबैले जाग्ने समय यही होईन र ? जागौं व्यक्तिगत कुण्ठा, पद, उमेर, व्यक्तिगत स्वार्थ लाभ, र जात-भातबाट माथि उठेर हामी नेपाली हौं भन्नलाई के को लाज ? हाम्रा सन्ततीहरूप्रति इमान्दार र उत्तरदायी भइ जन्मभूमीको माटो छातिमा राखेर निर्णय लिने आजको हाम्रो दायित्व होईन र ? छुटेका भाइ भाईहरु एकताबद्ध हुँदै प्रतिवद्द भइ एकिकृत हुँदै देशलाई काँध हाल्न हामीलाई कस्ले छेक्छ ? नेपाल र नेपाली बचाउन र बनाउन हामीलाई नदिने शक्ति देश भित्रकै हो या बाहिरिया हुन ? वैकल्पिक राजनीतिक शक्ति आवश्यक हो र ? यसका लागि कुनै बाटो छैन भने सो बाटो हामीले आफ्नै बुद्दि र बिचारका आधारमा निर्माण गरौ ।

नेपाललाई विभिन्न राजनीतिकवादहरूको प्रयोगशाला बनाइएको छ यस्तो किन हुन्छ ? । मूल्यहीन राजनीतिक संक्रमणको माखे सांग्लोमा फसाई मूल समस्याहरू ओझेलमा पार्दै हाम्रा सनातत हिन्दू राष्ट्रको पहिचान, राजसंस्थालाई मास्न दिने हक कसैलाई थिएन, त्यो अधिकार कस्ले कसरी प्रयोग गरे ? अध्ययन र आवश्यकता विनाका संघीयताको असफलता, नीतिगत भ्रष्टाचार सरकार कै संरक्षणमा रुपमा हुँदासम्म सचेत नागरिकको सामुहिक आवाज आउन किन सक्दैन ? खुल्ला सिमाना, युवा शक्ति पलायन, बाह्य दबाव र प्रभाव, के कारणले हामी यति निरीह र नालायक भयौं ? सबैले आ- आफ्ना बिचारलाई- अध्ययन र अनुभवका आधारमा केलाउने समय अझै भएन ? अबका दिनमा नेपाली समाजमा उत्पन्न हुने भोकमरी र बेरोजगारीका व्यापक चुनौतिहरूका बारेमा राज्यको धारणा आफ्नै होला तर हाम्रो सामाजिक धारणा बारे हामी स्पष्ट हुनुपर्छ कि पर्दैन ?

दीर्घकालका योजना, नीति, रणनीति सहितका कार्यक्रममा प्राथिमकता दिनुको साटो सरकार तथा ठूला दलहरूको ध्यान कुर्सीको भागभण्डा  र कमाउमा केन्द्रीत रहेको आजको यथार्थ सर्ववितिदै छ । नागरिकहरुलाई ललिपपमा अबका दिनमा जनतालाई भुलाउने धृष्टताका कसैले पनि गर्नु शोभनीय हुने देखिदैन । देशमा समस्या मात्रै होइन् प्रशस्त सम्भावनाहरू छन ।

त्यसैले आउनुहोस आफुसंग भएका अनुभव र क्षमताका लगत, विवरण, नीति, रणनीति र कार्यक्रमका दस्तावेज सहित एकै थलोमा बसौ एकिकृत राष्ट्रिय अभियान तय गरी अघि बढौ । शान्तिको मार्गवाट वीर पुर्खाहरुका पौरखी इतिहासलाई  कायम राख्न जरूरत परे आंधीवेरी सृजना गर्ने हामीले नै हो । देशलाई प्रदेश बनाएर अलपत्र पारिएका नेपालीका लागि यस अबस्थामा सहज जीवन राज्यले दिन सकेको छैन । यो कुनै आरोप मात्र होईन- धरातलिए यथार्थ हो । एक गांस खान लाउन पुगेकाहरू नेपाली नागरिकहरू, वुद्दिजिवीहरू, राष्ट्रवादीहरू, सुरक्षा राष्ट्रसेवकहरू र राजसंस्था अन्तर्गतका राजा समेत जागौं । एकता नै शक्ति हो । जय नेपाल! जय नेपाली !!

(लेखक अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा  राष्ट्रिय शक्ति नेपालका राष्ट्रिय अभियन्ता,
डा. ठाकुर मोहन श्रेष्ठ हुन्)

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको