सुदूरपश्चिम रोयल्सको शानदार सुरुवात, काठमाडौँ गोर्खाज पराजित (तस्वीरहरू)

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौँका ब्याटर निरिह सावित भए।

काठमाडौँले आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ। काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले पराजित गरेको थियो।

सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौ १६.५ ओभरमा एक सय १८ रनमा अलआउट भयो। काठमाडौँका प्रारम्भिक ब्याटर आकाश त्रिपाठी ३४ रन बनाउँदा क्याच आउट हुन पुगे। आकाशले ३० बलमा एक चौका र दुई छक्का सहयोगमा ३४ रन बनाउँदा हरमित सिंहको बलमा क्याच आउट भएका थिए।

त्यस्तै, १८ बलमा दुई चौका र एक छक्का सहयोगमा २५ रन बनाएका जोन सिमसन ईशान पाण्डेको बलमा एलबीडब्लुको धरापमा परे। भीम सार्की १२ रन बनाउँदा हेमन्त धामीको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए। मिलिन्द कुमार ११ रनमा आउट भए।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको