काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनार मनसुन कहरमा परेका छन् । तटीय क्षेत्रका बजारदेखि आवासीय क्षेत्रसम्म बाढी पसेको छ ।
शुक्रबार रातिदेखि परिरहेको बर्खे झरीका कारण उपत्यकाका नदीहरूको सतह सतर्कता र खतराकै तह पार गरी उर्लंदैछ।
उपत्यकाका दुई प्रमुख नदी बागमती र विष्णुमति किनारका बस्तीभित्र बाढी पसेको छ । दक्षिण-पूर्वतिर बालकुमारी, च्यासल हुँदै थापाथलीसम्म बाढीको ताण्डव छ ।
बाढीग्रस्त भक्तपुरको हनुमन्ते खोला समेत मिसिएपछि मुस्लिएको बागमती नदीले बालकुमारीदेखि थापाथलीसम्मको नदी किनार क्षेत्र डुबानमा पारेको हो ।
तस्बिरहरूः