आइतबार वीरगन्जमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।वीरगन्ज-३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।
आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्।निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।
