अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएपछि किसान खेतमा पस्नुको कारण हो, धानका गाँजबीचमा उम्रिने झार उखेलेर फाल्ने ।
असारको पहिलो सातातिर खेतमा धान रोपेका उनीहरूलाई अहिले गोडमेल गर्न र मल हाल्न भ्याइ नभ्याइ छ। बिहान र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन्।
हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ। काठमाडौँ उपत्यका मात्र नभई देशका अधिकांश स्थानमा किसान धान गोड्नमा व्यस्त छन्।