काठमाडौं- त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको डिलमै ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि पोखरातर्फ उडेको जहाज त्रिभुवन विमानस्थलको डिलमै भयावह दुर्घटनामा पर्यो । जसबाट १८ जना यात्रुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी छन् । विमान दुर्घटनामा परेका पाइलट मनिषरत्न शाक्यको मात्रै उद्धार भएको छ । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।
प्रहरी स्रोतका अनुसार उनी आफैं जहाजबाट निस्किन सफल भएका थिए । ककपिट माथि नै रहेकाले पाइलट निस्कन भ्याएका थिए । उनी निस्केलगत्तै सुरक्षाकर्मी आएर उनलाई उद्दार गरे । उनको टाउकोमा चोट लागेको छ