काठमाडौंको बल्खुबाट मात्र ८ किलोमिटरका दूरीमा दक्षिणकाली नगरपालिका–४ हात्तीवनको डाडाँमा चन्द्र सूर्य अंकित विशाल राष्ट्रिय झण्डा पार्क निर्माण भएको छ ।
पार्कमा त्रिशूलसहित विभिन्न जनावरको मूर्ति पनि निर्माण गरिएको छ । पार्कको भित्तामा बनेको झण्डा र त्रिशूल हेर्न पर्यटक आउनेक्रम शुरू भएको छ । यति ठूलो आकारको झण्डा नेपालमा पहिलो पटक बनाइएको हो ।