रातभरको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।
बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ। बागमतीको बाढीले बल्खु तरकारी अगाडि राखिएको दुइवटा ट्रकसमेत पल्टिएर डुबेको छ। त्यसै एउटा शव पनि फेला परेको छ ।
खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

