टौदहमा भोकाएका माछाहरू (तस्वीरहरू)

काठमाडौं- कीर्तिपुर नगरपालिका ६ दक्षिणकाली जाने बाटैमा रहेको टौदह उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो ।  ‘टौ’ भनेको नाग वा सर्प र ‘दह’ भन्नाले पोखरी अर्थात् नाग बस्ने स्थल भन्ने बुझिन्छ  । तालमा थुप्रै माछा र हाँसहरू देख्न सकिनेछ । माछा धेरै भएका कारण उनीहरू आहाराको लागि भौतारिएका देख्न सकिन्छ।  उनीहरूलाई घुम्न आउने पर्यटकले आहारा दिने गरेका छन्।

करिब सय रोपनी क्षेत्रफलमा यो फैलिएको छ । टौदह रातो मच्छिन्द्रनाथको भोटो जात्राको किंवदन्तीसँग प्रत्यक्ष जोडिन्छ । राजधानीको नजिकै रहेरको टौदह घुम्नलायक गन्तव्यमा एक हो  ।

यहाँको रमणीयता र सुन्दरतालाई अवलोकन गर्न काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानबाट आन्तरिक पर्यटक आउँछन् । हिउँदमा काठमाडौंस्थित टौदहमा विभिन्न प्रजातिका साइबेरियन चराहरू पनि आउने गर्छन् ।

चरा मात्र होइन, अन्य जलचर प्रजातिको समेत अवलोकन गर्न पाइन्छ । हेरिरहुँ लाग्ने, रमाइरहुँ लाग्ने टौदह क्षेत्र पुग्ने जो कसैको मन त्यसै अघाउँदैन । कीर्तिपुरमा अवस्थित टौदह काठमाडौंको रत्नपार्कबाट जम्मा ११ किलोमिटरको दूरीमा छ ।

मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकाको पानी बाहिर पठाउँदा कर्कोटक नाग पनि बाँहिर जाने भएकाले यसबाट अनिष्ट हुने भएपछि टौदहमा विराजमान गराइएको जनविश्वास छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्दछ ।

 

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको