ललितपुर महानगर प्रहरीले ल्यायो ‘तस्वीरमा – नगर प्रहरी’ पुस्तक (तस्वीरहरू)

काठमाडौं – ललितपुर महानगर प्रहरीले गरेका कामहरुको फोटो संग्रह ‘तस्वीरमा–नगर प्रहरी’ विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतित्थ्यतामा फोटो संग्रह पुस्तक विमोचन गरिएको हो ।

१५० पृष्ठको पुस्तिका एक कार्यक्रमकाबिच आज विमोचन गरिएको हो । पुस्तकमा महानगर प्रहरीले गरेका सुधार र विकासका कामहरुको फोटोहरु ‘पहिले र अहिले’ तुलना गरि राखिएको छ ।

कार्यक्रममा बोल्दै  मेयर महर्जनले कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् । उनले नागरिकको सेवामा केन्द्रीत भइ कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका हुन् ।

नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको भन्दै उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न सफल भएको समेत बताए ।

महर्जनले महानगरभित्रका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेको जिकिर गरे । उनले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदालाई सम्मान र व्यवस्थापन गर्दै सुधारका लागि अघि बढेको धारणा राखे ।

पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा गरेका सुधार कामहरूलाई समेटिएको तस्वीर समावेश गरिएको छ ।

मेयर महर्जनले महानगरभित्र अवैधानिक रुपमा गर्ने क्रियाकलापहरुलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने पनि उनले बताएका थिए ।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको