काठमाडौं- कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।
कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।