मध्यपुरथिमिमा महाकाली, नीलबाराही र भैरव नाच (तस्वीरहरू)

भक्तपुर – गाईजात्राको भोलिपल्ट अर्थात् हिजो बुधबार रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक फरक सहरमा भैरव, महाकाली, निलबाराही लगायतका देवीदेवता तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै नाच सुरु भएको छ ।

मल्लकालभन्दा अगाडिको समयमा मध्यपुरथिमिलाई भूतप्रेत, पिचासलगायत दानवको आक्रमणबाट जोगाउने विश्वास लिएको उक्त नाचहरु मल्लकालिनभन्दा अगाडिदेखि प्रचलनमा आएको थियो ।

भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म मध्यपुरथिमि क्षेत्रको बोडेमा निलबाराही, नगदेशमा महाकाली र थिमिमा लाय्कू भैलः एवं थिमि भैलः नाचको विकास भएको कथन छ ।

मध्यपुरथिमिको विभिन्न शहरमा यहाँका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिसाचलगायतलाई तान्त्रिक विद्वान गुरुहरूले तान्त्रिक शक्तिद्वारा देवी देवतालाई रातभर जागा बनाइ टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै आएको छ ।

यसवर्ष थिमिमा ताहाननीबाट थिमि भैलः (थिमि भैरव) नगदेशमा महाकाली र बोडेमा निलबाराही नाच आजबाट प्रदर्शन भएको छ । देशमा जस्तोसुकै सङ्कट आउँदा पनि नरोकिएको बोडेको निलबाराही नाच यसवर्ष पनि हिजोदेखि सञ्चालन भएको छ भने विभिन्न कारणले पटकपटक रोकिँदै आएको लाय्कू भैल र महाकाली नाच यसवर्ष प्रर्दशन गरिएको छ ।

झण्डै दुई दशकपछि मध्यपुर थिमि–५ ताहननीबाट यसवर्ष थिमि भैलः प्याखँ प्रदर्शन भएको छ । महाकाली नाच पाँच वर्षपछि प्रदर्शनमा आएको हो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको