सकियो बोडेको ऐतिहासिक नीलबाराही नाँच (तस्वीरहरू)

काठमाडौँ — भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच सकिएको छ ।  चार दिन चार रातसम्म नाचिने यो नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातबाट सुरु हुने परम्परा छ। यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठुलो जात्राका रूपमा लिने गरिन्छ।

बोडेका विभिन्न स्थानमा प्रदर्शन हुने नीलबराही नाच नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गर्ने चलन छ ।

नाचमा धाँ बाजा, भुस्याय, काँय, पोगाँ बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरू नाच्ने गर्दछन् । नीलबाराही नाचको देवगणमा भैरव, बाराही ४, कुमारी ४, सिहं ४, द्वारपाल २ र गणेश ४ गरी १९ जनाको समूह हुन्छ। देवगणका ज्वकुलु (सहयोगी) र वाद्यवाधक गरी एक सय जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील हुने गर्दछन्।

नीलबाराही देवीले मनुष्यको रुपमा बोडेमा बस्ने धों थरका एक व्यक्तिलाई जंगलमा लगेर चार दिनसम्म गोप्य तरिकाले नाचको विधिबारे प्रशिक्षण दिएदेखि यो नाच संचालन भएको किंवदन्ती छ।

 

सिफारिस

ऊर्जा मन्त्रालयमा एक सचिव मात्रै, दवाडीलाई पूर्ण जिम्मेवारी

काठमाडौं - सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन गरेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमा अब एक जना मात्र सचिव रहने भएका छन् । सरकारले स्वीकृत...

१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ - सरकारले १० सचिवको सरुवा गरेको छ । गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयका आधारमा १० सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित...

भर्खरै

१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ - सरकारले १० सचिवको सरुवा गरेको छ ।...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ।...

फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम सम्पन्न

काठमाडौं - सम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस...

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत्...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

धेरै पढिएको