चीनको पान्जीनमा नेपाली चित्रकारहरूको वृहत् कला प्रदर्शनी हुने

चीनको पान्जीनमा नेपाली कला प्रदर्शनी हुने चीनको उत्तरपूर्वी प्रन्त लावोनिंगमा अवस्थित पर्यटकीय शहर पान्जीनमा यही सेप्टेम्बर १९-२३ तारिखसम्म नेपाली बृहत कला प्रदर्शनी हुने भएको छ ।

पान्जीन जिंगलोंगती डिस्ट्रिक गभरमेन्ट र अन्तराष्ट्रिय जलरॅग समाज नेपालको संयुक्त आयोजना एवं लिओही आर्ट म्युजियमको सह-आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा नेपालका २८ जना बरिष्ठ तथा युवा कलाकारका १०० भन्दा बढी कला प्रदर्शनमा राखिने छ  ।

नेपाली र चिनीया कलाकारहरुको संम्बन्धलाई अझ मजबुद बनाउने र भविष्यमा दुई देशबिचको कलालाई निरन्तर आदनप्रदान गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

५ दिनसम्म आयोजना हुने उक्त कला प्रदर्शनीमा नेपाली जनजीवन, संस्कृती र प्राकृतिक सौन्दर्यसंग सम्बन्धीत कलाकृतिको प्रदर्शनी गरिनुका साथै कलाका विविध गतिविधिहरू समेत समाबेश गरिने छन। पान्जीनको कला र संस्कृतिकलाई अझ नजिकबाट अवलोकन गर्न अन्तराष्ट्रिय जलरंग समाज नेपालका अध्यक्ष एन.बी. गुरुङको नेतृत्वमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपती लालकाजी लामा , समाजका महासचिव दिपेन्द्रमान बनेपाली, कोषाध्यक्ष भीम श्रेष्ठ , समाजका सदस्यहरु डिबी राई, विनोद कुमार गुप्ता र सुरेश श्यागतान गरि ७ जना कलाकारहरु कार्यक्रममा उपस्थिति जनाउन पान्जीन जाने कार्यक्रम रहेको छ।

आईडब्लुयस नेपालले तय गरेको दिर्घकालिन लक्ष्य अनुरुप “कला र पर्यटन , कलाकार र अन्तराष्ट्रिय पहिचान भने” नारालाई ब्यवहारमा उतार्न यस्ता खाले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष गुरुंगले बताउनुभयो । यसअघि समाजले आफ्नो स्थापना कालदेखि नै अन्तराष्ट्रियस्तरका विभिन्न कार्यक्रमहरु भब्यताका साथ सम्पन्न गरिसकेको छ ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको