किट अभाव हुँदा रोकियो वीर अस्पताल सहित अन्य अस्पतालको कोरोना परीक्षण

काठमाडौँ  –  ‘आरएनए एक्स्ट्रयाक्सन’ किट नहुँदा चार वटा प्रयोगशालामा कोरोनाभाइरस परीक्षणको काम रोकिएको छ। जसमा चितवन, भैरहवा, सुर्खेत र वीर अस्पतालका प्रयोगशाला छन्।

चितवनस्थित प्रयोगशालामा किट नहुँदा गत तीन दिन देखि परीक्षण रोकिएको भरतपुर अस्पतालका प्रमुख डा। भोजराज अधिकारीले बताए। ‘यसअघि पनि किट नहुँदा तीन दिन बन्द भएको थियो। किट आएपछि सुरु भएको थियो तर फेरि रोकिएको छ,’ उनले भने।

वीर अस्पतालमा रहेको प्रयोगशालामा पनि हिजोबाट परीक्षणको काम स्थगित भएको छ। अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले आरएनए एक्स्ट्रयाक्सन किट नहुँदा हिजोबाट परीक्षण रोकिएको जनाए। प्रयोगशालामा अहिलेसम्म १ सय ५० वटा नमूनाको परीक्षण भएको छ।

भैरहवास्थित रहेको प्रयोगशालामा पनि हिजोबाट परीक्षण बन्द भएको छ। परीक्षण बन्द भएपछि नमूनाहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन थालिएको प्रयोगशालाका निर्देशक राजेन्द्र गिरीले बताए। उनले पनि आरएनए एक्स्ट्रयाक्सन नहुँदा परीक्षण स्थगित भएको जनाए।

सो प्रयोगशालाबाट अहिलेसम्म ३ सय ३७ नमूनाको परीक्षण गरिएको छ। ‘काठमाडौंबाट किट आउनेवित्तिकै परीक्षण पुनः सुरु गर्छौं,’ उनले भने।

सुर्खेत प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा पनि आरटी पिसिआर परीक्षण रोकिने भएको छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काले आजलाई पुग्ने आरएनए एक्स्ट्रयाक्सन किट रहेको र भोलिबाट थप परीक्षण गर्न नसकिने बताए। ‘हामीसँग अर्को पोर्टेबल पिसिआर मेसिन पनि छ। फ्याट्टफुट्ट त्यसैबाट काम चलाउँछौं,’ उनले भने।

किट अभाव हुँदा अहिले देशभर नै परीक्षण प्रभावित भएको छ। गत सातादेखि दैनिक ३ सय वटाको मात्र परीक्षण हुँदै आएको छ। सरकारले किट लगायत थप स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनालाई जिम्मा दिएपनि अहिलेसम्म सामग्री आउन सकेको छैन।

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको