किट अभाव हुँदा रोकियो वीर अस्पताल सहित अन्य अस्पतालको कोरोना परीक्षण

काठमाडौँ  –  ‘आरएनए एक्स्ट्रयाक्सन’ किट नहुँदा चार वटा प्रयोगशालामा कोरोनाभाइरस परीक्षणको काम रोकिएको छ। जसमा चितवन, भैरहवा, सुर्खेत र वीर अस्पतालका प्रयोगशाला छन्।

चितवनस्थित प्रयोगशालामा किट नहुँदा गत तीन दिन देखि परीक्षण रोकिएको भरतपुर अस्पतालका प्रमुख डा। भोजराज अधिकारीले बताए। ‘यसअघि पनि किट नहुँदा तीन दिन बन्द भएको थियो। किट आएपछि सुरु भएको थियो तर फेरि रोकिएको छ,’ उनले भने।

वीर अस्पतालमा रहेको प्रयोगशालामा पनि हिजोबाट परीक्षणको काम स्थगित भएको छ। अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले आरएनए एक्स्ट्रयाक्सन किट नहुँदा हिजोबाट परीक्षण रोकिएको जनाए। प्रयोगशालामा अहिलेसम्म १ सय ५० वटा नमूनाको परीक्षण भएको छ।

भैरहवास्थित रहेको प्रयोगशालामा पनि हिजोबाट परीक्षण बन्द भएको छ। परीक्षण बन्द भएपछि नमूनाहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन थालिएको प्रयोगशालाका निर्देशक राजेन्द्र गिरीले बताए। उनले पनि आरएनए एक्स्ट्रयाक्सन नहुँदा परीक्षण स्थगित भएको जनाए।

सो प्रयोगशालाबाट अहिलेसम्म ३ सय ३७ नमूनाको परीक्षण गरिएको छ। ‘काठमाडौंबाट किट आउनेवित्तिकै परीक्षण पुनः सुरु गर्छौं,’ उनले भने।

सुर्खेत प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा पनि आरटी पिसिआर परीक्षण रोकिने भएको छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काले आजलाई पुग्ने आरएनए एक्स्ट्रयाक्सन किट रहेको र भोलिबाट थप परीक्षण गर्न नसकिने बताए। ‘हामीसँग अर्को पोर्टेबल पिसिआर मेसिन पनि छ। फ्याट्टफुट्ट त्यसैबाट काम चलाउँछौं,’ उनले भने।

किट अभाव हुँदा अहिले देशभर नै परीक्षण प्रभावित भएको छ। गत सातादेखि दैनिक ३ सय वटाको मात्र परीक्षण हुँदै आएको छ। सरकारले किट लगायत थप स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनालाई जिम्मा दिएपनि अहिलेसम्म सामग्री आउन सकेको छैन।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको