काठमाडौँ – उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप्नुपर्ने निश्कर्ष निकालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन लम्ब्याउने निश्कर्ष निकालेको हो।
एक मन्त्रीले भने, ‘‘अहिले पनि अवस्था जोखिमपूर्ण छ। त्यसैले तत्कालै लकडाउन खोल्ने अवस्था छैन’।
बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारेमा अन्तिम निर्णय गर्ने उनले बताए। लकडाउन बढाउनपर्ने निश्चित देखिए पनि यसको मोडालिटी र समयबारे भने बुधबारको बैठकले मात्रै टुंगो लगाउने ती मन्त्रीको भनाई छ ।