सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी – सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति’ का सम्बन्धमा एक दिने पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। समाजले  शिवपुरी–८ स्थित लौके झरनासम्मको पदयात्रासंगै  अवलोकन भ्रमण गरेको हो।

पदयात्रामा समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्याम डोटेल, वियोगी पत्रकार अध्ययन केन्द्रका संरक्षक किरण वैद्यलगायत  राजधानी र नुवाकोटमा कार्यरत सम्पादक, पत्रकारहरु गरि  एक सय भन्दा बढीको सहभागिता रहेको थियो। पत्रकारहरूलाई शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्वागत गरेका थिए।

पदयात्राका क्रममा गर्मीले आलसतालस भएका पत्रकार तथा अन्य आन्तरिक पर्यटकले ठूलो मुस्लो गरी झरेको झरनाको छिटाको स्पर्शसंगै आनन्द लिएका थिए  ।

काठमाडौँ र नुवाकोटको सिमाना गुर्जे भन्ज्याङबाट पश्चिमपट्टि पर्ने करिब १५० फिट अग्लो सो झरना लौका आकारको रहेको कारण लौके झरना भन्ने गरिन्छ।  त्यसबाट झरेको पानीको प्रभाव टाढासम्म पर्ने गरेको छ ।

नुवाकोटको सदरमुकाम विदुर र राजधानी काठमाडौंबाट नजिकै रहेको सो झरनामा दैनिक पाँच सय भन्दा बढी पर्यटक पुग्ने गरेको र शनिवार र बिदाको दिन त्यहा पुग्नेको संख्या अध्याधिक हुने गरेको शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए।

शिवपुरी गाउँपालिकाले सिँढीसहितको पदमार्ग र सहज रूपमा हिँड्ने बाटो निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको हो। छहरे–टोखा सडकको बीचबाट सहजै झरनामा पुग्न सकिने भएपछि आन्तरिक पर्यटकको रोजाइमा लौकै झरना परेको छ। सो स्थान काठमाडौं र नुवाकोटको विदुरबाट समान ४५ मिनेटको दुरीमा पुग्न सकिन्छ।

  

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको