जंगी अड्डामा प्रधानसेनापति सिग्देलको पहिलो सम्बोधन : गरे यस्ता घोषणा

काठमाडौँ – नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको राष्ट्रिय एकताको रक्षा गर्नु सेनाको प्रमुख दायित्व भएको बताएका छन् ।

प्रधानसेनापतिको कमाण्ड सम्हालेपछि मातहत सकलदर्जाहरुलाई पहिलो पटक सम्बोधन गर्दै सिग्देलले नेपालको संविधानद्वारा प्रदत्त स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको स्पष्ट पारेका छन् । उनले यसका लागि आफ्नो कार्यकालमा सैनिक शक्तिको क्षमता बढाउने बताएका छन् ।

नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सोमबार प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराएलगत्तै सेनाको नेतृत्व सम्हालेका थिए । त्यसको भोलिपल्ट मंगलबार सिग्देलले सैनिक मुख्यालय जंगीअड्डामा सकलदर्जालाई सम्बोधन गर्नेक्रममा सेनालाई समयसांपेक्ष रुपमा सुदृढ गर्दै लैजाने भन्दै छिट्टै सात (७) वटा लक्ष्यहरु समावेश गरी ‘प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन–२०८१’ जारी हुने घोषणा गरेका हुन् ।

‘राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसांपेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तारजस्ता महत्वपूर्ण क्षेत्रहरुलाई प्राथमिकतामा राख्दै सातवटा लक्ष्यहरु समावेश गरी ‘प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन–२०८१ जारी हुनेछ’ प्रधानसेनापति सिग्देलले सकलदर्जालाई सम्बोधन गरेपछि नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रमा आइपर्ने जटिल समस्याहरुको समाधान गर्न राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो ।’

नेपालको संविधान, नेपाली सेना मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोंच–२०८७ लगायतलाई आधार मानी संगठन सुदृढीकरण गर्दै लगिने पनि उनले प्रस्ट पारेका छन् ।

‘राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय संयन्त्रहरुको क्षमता सुदृढीकरणमार्फत ‘समग्र राष्ट्रिय सोच’मा आधारित विश्‍वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरुको साझा बुझाइ र समान धारणा विकास होस् भन्‍ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालय निर्धारित समयमानै सञ्‍चालनमा ल्याइनेछ’ उनले सम्बोधनका क्रममा उल्लेख गरेका छन् ।

विद्यार्थीको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्‍याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने पनि सम्बोधनमा उल्लेख छ । सेना र नागरिक बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरुको सुरक्षामा योगदान पुर्‍याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन लगिने पनि उनले बताएका छन् ।

आफ्नो कार्यकालमा राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर मुलुकको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउने प्रधानसेनापति सिग्देलको सम्बोधनमा उल्लेख छ । सबैभन्दा माथि संस्था रहेको भन्दै सबैलाई खुशी बनाउनेभन्दा पनि समग्र संस्थाको हितमा काम गर्न, सही नियतले काम गर्न नडराउन तर, कसैले व्यक्तिगत आकांक्षा, कुण्ठा र सस्तो लोकप्रियताको लागि संस्थागत भाइचारा र आपसी विश्‍वासमा कमी ल्याउने तथा संस्थाको तेजोवध गर्ने प्रकृतिका कार्यहरु गरेको पाइएमा क्षम्य नहुने पनि उनले चेतावनी दिएका छन् । पहिलो र अन्तिम तथा एकमात्र मूलमन्त्र ‘सैनिक अनुशासन र सैनिक मर्यादा’ रहेको उनको भनाइ छ ।

ऐतिहासिक अनुभवलाई आत्मसात गर्दै भूगोल सुहाउँदो सैनिक ज्ञान, सिप र युद्धकला क्षमता वृद्धिको लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन समय सापेक्ष सुधार गरिने प्रधानसेनापतिको सम्बोधनमा उल्लेख छ । त्यस्तै शान्ति सैनिकको तालिम तथा बन्दोबस्ती सामग्रीहरुको व्यवस्थापनमा विशेष पहल गर्ने विषय पनि उनको प्राथमिकतामा परेको छ ।

सेनाले राष्ट्रिय खेलकुद विकासमा महत्वपूर्ण योगदान दिदैं आइरहेको भन्दै खेलकुद विकासलाई पनि प्राथमिकतामा राखेका छन् । बंकरबाट व्यवस्थित ब्यारेक निर्माणको कार्यक्रम, लत्ताकपडा प्राप्ति एवं उत्पादन लगायतका कार्य पनि उनले प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारेका छन् ।

काठमाडौं–तराई/मधेस द्रुतमार्गलगायत अन्य सडक करिडोर निर्माणमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमितता लगायतका क्रियाकलापहरु अस्वीकार्य हुने भन्दै तोकिएको जिम्मेवारी इमान्दार भएर सम्पन्न गर्न पनि मातहत अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्‍चालित कार्यहरुलाई कार्यदल गठन गरी प्राप्त राय सुझावबाट प्रभावकारी कार्यान्वयनमा लैजाने, कक्षा ४ देखि १२ सम्म अध्ययनरत सेनाका वहालवाला तथा अवकासप्राप्त सकलदर्जाको एक सन्ततीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति रकम २० हजारबाट बढाएर २५ हजार पुर्‍याउने, पारिवारिक निवृत्तिभरणमा रहेका सबै एकल महिलाहरुलाई प्रदान गरिदैं आएको कल्याणकारी निवृत्तिभरण अंक पनि बढाइने उनको सम्बोधनमा उल्लेख छ ।

विपद्का कारण हुने धनजनको क्षतिलाई मध्यनजर गरी सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर बढाउने, सरकारबाट घोषित जटिल प्रकृतिका रोग लागेका हिताधिकारीहरुलाई बहिरंग उपचारमा वार्षिक सीमा पुनरावलोकन गरिने र बिगतको द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा घाइने पनि उनले घोषणा गरेका छन् ।

अवकाशपछि आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्षम बनाउने उद्देश्यका लागि नेपाल सरकारका अन्य निकायसँग समन्वय र साझेदारी गरी विज्ञ सहितको टोलीबाट थप क्षेत्रहरु पहिचान गर्दै व्यवसायिक र सिपमूलक तालिम विस्तार गर्ने विषय पनि उनको प्राथमिकतामा परेको छ । अरु सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादा भित्र रही समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने तथा आगामी दिनमा राष्ट्रिय लक्ष्यहरु प्राप्त गर्न सेना र सञ्‍चार माध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउदै लैजाने विषयलाई पनि उनले प्राथमिकतामा समटेका छन् । प्रधानसेनापति सिग्देल २०८४ भदौ २४ सम्म सेनाको नेतृत्वमा रहने छन् । यो अवधिभित्र सम्पन्न गर्ने गरी उनले आफ्ना प्राथमिकता र लक्ष तय गरेर अघि बढ्ने जनाएाक हुन् ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको