बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा – गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन् ।

किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ ।  गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा  विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ ।

प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव र पछुतोको गहिरो अनुभूतिलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई झल्काइएको छ ।

गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रुपमा चित्रण गरिएको छ । विछोडपछिको पश्चाताप पनि कहिलेकाहीँ प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने शन्देश बोकेको यस गीतलाई आजको युवा पुस्ताको कथाको रुपमा हेरिएको छ ।

हेर्नुस् भिडियो 

सिफारिस

नेपाली राजनीतिमा २०२५ : इतिहासकै दुर्लभ घट्नाले मुलुक नयाँ मोडमा

काठमाडौं - सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो ।...

नेपाली शिरको गौरव: ढाकाटोपी

ढाकाटोपी केवल एउटा शिर छोप्ने कपडामात्र नभएर यो नेपाली इतिहासको साक्षी र स्वाभिमानको उच्च आधार हो। यस आलेखमा ढाकाटोपीको नामको तात्विक अर्थ, यसको सांस्कृतिक...

आज १३औँ नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं — जागरुक युवा अभियान नेपालले यस वर्ष पनि १३औँ नेपाली टोपी दिवसका रूपमा मनाउन सबै नेपालीलाई आग्रह गरेको छ । अंग्रेजी नयाँ वर्षको...

भर्खरै

नेपाली शिरको गौरव: ढाकाटोपी

ढाकाटोपी केवल एउटा शिर छोप्ने कपडामात्र नभएर यो नेपाली...

आज १३औँ नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं — जागरुक युवा अभियान नेपालले यस वर्ष पनि...

भृकुटीमण्डपमा थरिथरिका च्याउ (तस्वीरहरू)

नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ ।...

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु...

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष...

धेरै पढिएको