अविरल वर्षाका कारण पर्सा जिल्ला स्थित वीरगञ्जका जनजीवन प्रभावित भएको छ । श्रीपुर, पानीट्यांकी लगायतका क्षेत्र डुवानमा पर्ने सम्भावना देखिएको छ । पानीले निकास नपाउँदा घर तथा पसलहरुमा समेत पानी पसेको छ । सडक तथा बजार सुनसान छन् भने आम मानिसको दैनिक गतिविधि असहज भएको छ ।
तस्विर : राजन रौनियार–नेपाल न्यूज बैंक

