रामेछाप – नेपाल जेसिज रामेछापले आज लिखुतामाकाेसी गाउँपालिका खिम्तिमा रक्तदान कार्यक्रम गरेकाे छ । नेपाल रेडक्रस साेसाइटि रामेछापकाे प्राविधिक सहयाेगमा रामेछाप जेसिजले सो कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रममा ४० जनाले रक्तदान दिएको जेसिज रामेछापका कार्यकारी उपाध्यक्ष जीवन कार्कीले जानकारी दिए । देश लकडाउन भएदेखि आवश्यक मात्रामा रगत संकलन हुन नसकेकाे र रगतकाे अभाव देखिएका कारण उक्त कार्यक्रम राखेकाे गरेकाे हाे ।
यसै गरि लकडाउनका बेला रगतकाे अभावका कारण कुनैपनि विरामीले मृत्यु वरण गर्नु नपराेस भनेर रक्तदान गरेर जीवन दान गर्न सकिने महान कार्यका लागि उक्त कार्यक्रम गरिएकाे उपाध्यक्ष कार्कीले बताए ।