भिडियो कन्फ्रेन्सद्वारा ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई आईजी ज्ञवालीले दिए यस्तो निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट भिडियो कन्फ्रेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन, शान्ति सुरक्षाको वर्तमान अवस्था एवं समसामयिक विषयमा बुधबार निर्देशन दिएका छन् । साथै उनले सबै प्रदेशका प्रमुखहरुसँग उक्त विषय तथा आन्तरिक काम कारवाहीका सम्बन्धमा अन्तरक्रिया समेत गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण अदभूत साहस छ भन्ने सन्देश गएको चर्चा गर्दै त्यसको निरन्तरता हुनुपर्ने बताए ।

यस्तो परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने उनले उल्लेख गरे । प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिई समेतको आवश्यकता अनुसार थप व्यवस्था गरिने उनले बताए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले सीमा क्षेत्रमा थप सक्रियता अपनाउनु पर्नेतर्फ जोड दिँदै जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देशन दिए । सम्बन्धित प्रदेशको समस्या र आवत-जावत उक्त प्रदेश भित्र नै समाधान गरी अन्तर प्रदेश र अन्तर जिल्लामा आवत-जावत पूर्ण रुपमा बन्द गरी अति संवेदनशील एम्बुलेन्स लगायतलाई मात्रै अनुमति दिनतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा विभिन्न अपराधहरु घटन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै विषम परिस्थितिको कारण हुन सक्ने अपराध र साम्प्रदायिक दंगा लगायतका घटनाप्रति उच्च संवेनशील भई कार्य गर्न निर्देशन दिए ।

बाढी, पहिरो, हावाहुरी, खडेरी लगायतका प्राकृतिक प्रकोपहरु समेत आउन सक्ने मौसम भएकाले त्यसतर्फ समेत प्रहरी जनशक्तिको परिचालन गर्न तयारी अवस्थामा रहनुपर्ने उनले बताए ।

अन्तरक्रियाको क्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो प्रदेशको वर्तमान वस्तुस्थिति, शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी दिएका थिए ।

भिडियो कन्फ्रेन्सका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको