काठमाडौँ- भारतीय नागरिकले बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा सशस्त्र प्रहरी बलकाे चेकप्वाइन्टमा ढुंगामुढा प्रहार गरेका छन् । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ ।
बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको हो ।
गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो ।
