काठमाडौं- रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुंग्री गाउँपालिका-२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् ।
बिहान करिब ८:३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो । विक र पुन दुवै छिमेकी हुन् ।
