नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं उपत्यका झिलिमिलीले सजिएको छ। हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको देख्न सकिन्छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा उपत्यका झिलिमिली बत्तिले धपक्कै बलेको छ।
कात्तिक औंसीका दिन लक्ष्मी पूजा गर्ने प्रचलनअनुसार बिहीबार घरहरूमा, कार्यालयहरूमा तथा पसलहरूमा लक्ष्मीको पूजा गरिएको छ । देवी लक्ष्मीलाई खुसी बनाउन र लक्ष्मी भित्र्याउन दीपावली गर्ने प्रचलन छ ।