ललितपुर – ललितपुरको कोन्ज्योसोम गाउँपालिका ३ दल्चोकीमा तोरी फुलेर बारी पहेँलपुर बनेको छ । किसानको खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो ।
तोरी फुलेपछि बारीको दृश्य निकै मनमोहक देखिएको छ । फुलेर पहेँलै भएको तोरी पाकेपछि किसानले घरमा भित्र्याएसँगै तेल पेल्ने गर्छन् । यहाँका किसानले तोरीबाट निकालेको तेल घरमै प्रयोग गर्नुका साथै बिक्री समेत गर्दैआएका छन् । खेतबारीमा तोरी फुलेपछि यहाँको वातावरण रमाइलो देखिएको छ ।
मकैबाली भित्र्याएपछि सिँचाइ नहुने क्षेत्रका किसानले अधिकांश स्थानमा तोरी खेती गर्ने गरेका छन्। सिँचाइ भएका क्षेत्रमा किसानले तरकारी बाली, लगाउने गरेका छन्।
तस्वीरहरू: एपी/शंकर/घनश्याम/अन्नपूर्ण टाइम्स