काठमाडाैँको कीर्तिपुरका किसानहरू अहिले धान सुकाएर भकारीमा भित्र्याउन व्यस्त रहेका छन् । उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ।
कीर्तिपुरको देय् पुखुसी परिसरमा टोलका किसानहरूले एकै ठाउँमा बिस्कुन सुकाउँछन्। खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य यतिबेला देख्न सकिन्छ।
यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ। सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाउने गरेका छन्।
राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा किरा लाग्ने, बिग्रिने गर्दछ। त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरुले खुला ठाउँलाई उपयोग गरेका हुन्।