नेपाली सेनाका उपरथी केसी बलाध्यक्ष रथीमा बढुवा

नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिसमा केसीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो।

अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौदेखि नेपाली सेनाको एक रथी पद रिक्त थियो। दुई जना रथीको दरबन्दी रहेकोमा निर्मलकुमार थापा मात्रै कार्यरत थिए।

झण्डै दुई महिना रिक्त रहेको पदमा सिनियर उपरथी केसीलाई बढुवा गर्न सिफारिस गरिएको थियो। त्यसअघि सात दिने सूचना जारी गर्दै उजुरी गर्ने समय दिइएको थियो। तर कुनै उजुरी नपरेपछि बढुवा सिफारिस समितिले रक्षा मन्त्रालयमा बढुवाका लागि पठाएको थियो।

केसी हाल मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका थिए। रथीमा बढुवा भएसँगै केसी २०८३ मंसिर १५ गतेसम्म सैनिक सेवामा रहनेछन्। त्यसपछि उनी रथीको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुनेछन्।

२०२५ मंसिर १६ गते काठमाडौँमा जन्मिएका केसी २०४४ असोजमा नेपाली सेनामा भर्ना भएका थिए। यसअघि २०७८ पुस ८ गते उपरथीमा बढुवा भएका उनी उपरथीको कार्यकाल सकिन लाग्दा रथीमा बढुवा भएका हुन्।

आफ्नो ३५ वर्षको सैनिक करियरमा उनले विभिन्न देशबाट सैन्य तालिमहरू गरेका छन। केसी विभिन्न समयमा ५ पटक राष्ट्रसंघीय मिसनमा पनि सहभागी भइसकेका छन।

उनले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलमा प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर र सेक्टर हेड क्वाटरमा वरिष्ठ योजना अधिकारीको रुपमा काम गरिसकेका छन।

यसबीचमा अन्य सैनिक पदहरू सम्हालेका केसी सन २०१४ देखि २०१७ सम्म बेलायतको रक्षा सहचारीको रुपमा नियुक्त भएका थिए। विभिन्न पदकबाट सम्मानित भइसकेका उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन।

केसीपछिको वरीयतामा उपरथी प्रेमध्वज अधिकारी छन्। उनलाई सरकारले यसअघि नै रथीमा स्थानीय बढुवा गरेर राष्ट्रसंघको सैनिक सल्लाहकारका लागि उम्मेदवार बनाएको छ। यसको नतिजा आइसकेको छैन।

अधिकारी बलाधिकृत रथी निर्मल कुमार थापाको अवकासपछि रथीमा बढुवा हुनेछन्।

सिफारिस

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

धेरै पढिएको