काठमाडौं फोटोग्राफर संघले वेडिङ फोटो अवार्ड गर्दै, कसरी हुने सहभागी ?

काठमाडौं –  काठमाडौं फोटोग्राफर संघ (केपिए) ले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड गर्न लागेको हो  ।

 अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर MP4 format मा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्। फोटो तथा भिडियो  मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि यो लिंकमा गएर Google Form भर्नुपर्ने आयोजकले जानकारी दिएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै रहेको काठमाडौं फोटोग्राफर संधका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।  ‘हाम्रो संस्कृतिलाई फोटोग्राफीको माध्यमबाट नयाँ उचाइमा पुर्‍याउन यो अवार्ड विशेष भूमिका खेल्ने हो’ उनले भने। अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।

थप जानकारीको लागि 

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको