कीर्तिपुरमा कांग्रेसले गर्यो ‘क्लिनस्विप’, २ वडाध्यक्षसँगै मेयर पदमा डंगोल विजयी

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ। आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ५०६ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ५ हजार ६७ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३२६ मत ल्याए ।

२ वडाध्यक्षसँगै मेयर पदमा कांग्रेसले जित हात पारे हो। काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए।

कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाइन्।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौहजार ४३ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशवरत्न बज्राचार्यले पाँचहजार ०७ मत ल्याएका थिए ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको