जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण रहेका भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट खेल खेलिरहेका छन् । धवनको टीम कर्णालीले आज पहिलो जीत दर्ता समेत गरेको छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले शुक्रबार भएको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो।
एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो।
कर्णालीले पहिलो जित निकालेको दिन चितवन राइनोजले भने पहिलो हार व्यहोरेको छ। चितवनले पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई ५ विकेटले हराएको थियो। दोस्रो पोखरालाई ८७ रनले हराएको थियो।