आज ‘क्रिसमस डे’, देशैभरि सार्वजनिक बिदा

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएका नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराज बताउँछन्।
यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका उनले बताए।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनको भनाई छ। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको हो।

हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ। १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ।
महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ।

पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ।

सिफारिस

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार...

आजदेखि पर्यटकीय राजधानी पोखरामा बेलुन महोत्सव सुरु (तस्वीरहरू)

पोखरा - पर्यटकिया राजधानी पोखरामा आज बात बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा...

सरकारद्वारा यी देशमा जाँदा सावधानी अपनाउन आग्रह

काठमाडौं– सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि पर्यटकीय राजधानी पोखरामा बेलुन महोत्सव सुरु (तस्वीरहरू)

पोखरा - पर्यटकिया राजधानी पोखरामा आज बात बिवाइडी इन्टरनेशनल...

सरकारद्वारा यी देशमा जाँदा सावधानी अपनाउन आग्रह

काठमाडौं– सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने...

काठमाडौँको मौसम बिहानैदेखि बदली, राति पानी पर्ने

पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकाको...

देशका यी स्थानमा माइनसमा झर्‍यो तापक्रम

आज (सोमबार) देशका तीन स्थानमा न्यूनतम तापक्रम माइनसमा झरेको...

रवि लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेको सूचना जारी

रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछाने प्रतिनिधिसभा...

भैंसेपाटी हनिट्र्याप काण्ड लागेकी प्रहरी निरीक्षक शाही पाँच लाख धरौटीमा रिहा

काठमाडौँ- भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न रहेको अभियोग लागेकी प्रहरी...

धेरै पढिएको