पोखराको आकाशमा देखिएका रंगीचंगी बेलुन (तस्वीरहरू)

पोखरा – पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनक ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ लाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महोत्सवले पोखरामा चहलपहल थपिएको हो ।

बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव नौ दिनसम्म चल्नेछ ।

महोत्सवको विशेष आकर्षणका रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्यालोकन, नाइट बेलुन ग्लो, बेलुनहरू रातमा झिलीमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौँको कुमारी नृत्य र बज्रयोगिनीलगायत छन्।

 महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी छन् । पोखराको आकाशमा एकैपटकमा १७ वटा विभिन्न आकार र डिजाइनका हट एयर बेलुन उड्न सुरु भएसँगै आकाश रङ्गिन बनेको छ।

महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुनसहित बेलुन पाइलटहरु सहभागी छन् । सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान गर्दै आएको छ ।

       

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको