के हो फ्याटी लिभर ? यस्ता छन् कारण र लक्षण

कलेजो शरिरको पाचन प्रणली अन्तर्गतको एक महत्वपुर्ण अंग हो जो शरिरको सबैभन्दा ठुलो हुन्छ । कलेजोले हाम्रो शरिरमा धेरै कामहरु गर्छ । हामीले खाएको खानाको पोषणलाई लिने, चिल्लो पदार्थलाई सोस्ने, रगतमा भएको विषादीहरुलाई प्रशोधन गर्ने, आन्द्राको गति कायम राख्ने, आन्द्रामा किटाणुहरु मार्ने, शरिरलाई आवश्यक पर्ने भिटामिन डी, ई, बी १२, के आदि जस्ता तत्वहरुको भण्डारण गर्ने र आवश्यक परेको बेलामा शरिरमा प्रवाह गर्ने जस्ता थुप्रै काम कलेजोले गर्छ ।

विश्वमा पछिल्लो समय, शरिरको निकै महत्वपुर्ण अंग कलेजोमा फ्याटी लिभरको समस्या अत्याधिक देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । समयमा नै फ्याटी लिभरको अवस्थाको पहिचानका लागि Nepal International Health Services ( NIHS) ले विभिन्न सुपथ र अति नै आवश्यक स्वास्थ्य प्याकेजहरु ल्याएको छ । कलेजो र फ्याटी लिभरको बारेमा अझ विस्तृत जानकारीका लागि Nepal International Health Services ( NIHS) का डाक्टर विकास जैँसीसंग गरिएको कुराकानी उल्लेख गरिएको छ ।

फ्याटी लिभर भनेको कस्तो समस्या हो ?
फ्याटी लिभर कलेजोमा बासोको मात्रा बढी हुने अवस्था हो । यसलाई रोग हो भन्न सकिदैन तर यसकै कारण कलेजोमा रोग र अन्य धेरै रोगहरु भने शरिरमा आउन सक्छन् । हाम्रो कलेजोको कुल तौलमा ५ देखि १० प्रतिशत बोसो हुनु सामान्य मानिन्छ तर कुनै कारणले बोसोको मात्रा बढी भयो भने कलेजो भित्र र बाहिर हुने अवस्थालाई मेडिकल भाषामा फ्याटी लिभर भनिन्छ ।

फ्याटी लिभरको अवस्थालाई हामीले कुन रुपमा लिन सक्छौँ ?
प्रायजसोले फ्याटी लिभरको अवस्थाको बारेमा थाहा पाएका पनि हुदैनन् र थाहा नै भएकाहरुले पनि त्यति गम्भीरताका साथ लिएको पाइदैन तर यस अवस्थालाई सामान्य भने ठान्नु हुदैन । यदि फ्याटी लिभर देखिएको छ भने तुरुन्तै डाक्टरको गएर परामर्श लिनुपर्छ किनकी फ्याटी लिभर भविष्यमा आउन सक्ने रोगहरुको कारक पनि हुन सक्छ ।

फ्याटी लिभरका कारणहरु के के हुन् ?
फ्याटी लिभरका धेरै कारणहरु छन् । अस्वस्थकर खानपान र जीवनशैली, मोटोपना,शारीरिक व्यायामको कमी, कोलेस्टेरोल, हेपाटाइटिस सी, लामो समयसम्म औषधिका सेवन, मादक पदार्थ आदिका कारण हाम्रो कलेजोमा बोसो जम्न सक्छ ।

फ्याटी लिभरका लक्षणहरु के के हुन् ?
फ्याटी लिभर हुँदा विभिन्न खालका लक्षणहरु देखिन सक्छन् तर सबैमा एकै खाले लक्षणहरु नहुन पनि सक्छन् । कसै कसैमा खानामा कम रुची हुने, बान्ता हुने, छिटै थाक्ने, कमजोरी हुने, पिसाबमा समस्याहरु देखिने आदि हुन सक्छन् भने कतिपयलाई जन्डिस पनि देखिन सक्छ ।

फ्याटी लिभरको उपचार र समाधान कस्तो हुन्छ ?
सर्वप्रथम त फ्याटी लिभर हुन नदिनका लागि स्वस्थ जीवनशैली अपनाउने, मोटोपनालाई नियन्त्रण गर्ने, मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अस्वस्थकर खानपान नगर्ने, कम क्यालोरी युक्त खानेकुराहरु खाने, रातो मासुको सेवन कम गर्ने, नियमित शारिरीक व्यायम गर्ने, आदि कामहरु गर्नुपर्ने हुन्छ । र यदि फ्याटी लिभर भइसकेको छ र समस्या दिन थालेको छ भने औषधि वा शल्यक्रिया समेत गर्न पर्ने हुन सक्छ । समयमै उपचार गर्न सकियो भने ठिक पनि हन्छ र अन्य रोगहरु लाग्नबाट पनि बच्न सकिन्छ । साथै प्रत्येक छ महिनामा स्वास्थ्य परिक्षण गराउनाले समयमा नै समस्याको पहिचान गरि उपचार गर्न पनि सकिन्छ ।

सिफारिस

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

भर्खरै

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

धेरै पढिएको