प्रधान सेनापति ट्रफी–२०८२ सम्पन्न, कालीबहादुर गणले उचाल्यो फुटबलको ट्रफी (तस्वीरहरू)

काठमाडौँ — भाद्र १७ गतेदेखि सुरु भएको प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता आज समापन भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य प्रधान सेनापति अशोक राज सिग्देलले गर्नुभएको थियो।

समापनमा भएको फुटबलको फाइनलमा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोल अन्तरले पराजित गर्दै ट्रफी उचाल्न सफल भयो।

एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबलसमेत समावेश प्रतियोगितामा जम्मा १४ टिमको सहभागिता रहेको थियो।

समग्र नतिजामा उपत्यका पृतना प्रथम र श्री नं. १६ बाहिनी अड्डा द्वितीय बने। गणतर्फ पुरानो गोरख गणले प्रथम र श्री जगदल गणले द्वितीय स्थान हात पारे।

विजयी टिम तथा उत्कृष्ट खेलाडी/रेफ्रीहरुलाई प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव, बलाध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे।

समारोहमा पूर्व प्रधान सेनापति, अन्य सुरक्षा निकायका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेल सङ्घका पदाधिकारी, सैनिक श्रीमती संघकी अध्यक्ष, पदाधिकारीहरू, सैनिक सहचारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो।

    

सिफारिस

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । गृहमन्त्रायमा आयोजित...

भर्खरै

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको