प्रधान सेनापति ट्रफी–२०८२ सम्पन्न, कालीबहादुर गणले उचाल्यो फुटबलको ट्रफी (तस्वीरहरू)

काठमाडौँ — भाद्र १७ गतेदेखि सुरु भएको प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता आज समापन भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य प्रधान सेनापति अशोक राज सिग्देलले गर्नुभएको थियो।

समापनमा भएको फुटबलको फाइनलमा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोल अन्तरले पराजित गर्दै ट्रफी उचाल्न सफल भयो।

एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबलसमेत समावेश प्रतियोगितामा जम्मा १४ टिमको सहभागिता रहेको थियो।

समग्र नतिजामा उपत्यका पृतना प्रथम र श्री नं. १६ बाहिनी अड्डा द्वितीय बने। गणतर्फ पुरानो गोरख गणले प्रथम र श्री जगदल गणले द्वितीय स्थान हात पारे।

विजयी टिम तथा उत्कृष्ट खेलाडी/रेफ्रीहरुलाई प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव, बलाध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे।

समारोहमा पूर्व प्रधान सेनापति, अन्य सुरक्षा निकायका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेल सङ्घका पदाधिकारी, सैनिक श्रीमती संघकी अध्यक्ष, पदाधिकारीहरू, सैनिक सहचारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो।

    

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको