कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको हजारौ वर्ष पुरानो गाउँ सिक्लेस जहाँ पुग्नासाथ ढुङ्गाले छाएको एवम् छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमुना बस्ती देख्न पाइन्छ जसलाई हेरेर पर्यटकले आफ्नो यात्राको थकाइ क्षणभरमै बिर्सने गर्छन् ।

 नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । पोखरादेखि उत्तरपूर्वमा अवस्थित सिक्लेसमा अधिकांश गुरुङबस्ती छ । गुरुङ कला र संस्कृतिको अध्ययन तथा हिमाली दृश्यावलोकनका लागि सिक्लेसमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् ।

सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेपछि दुई हजार ३५० मीटरको उचाइमा रहेको राइजिङ डाँडामा पुगिन्छ । त्यहाँबाट लमजुङ र अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । हर्पथर, लामाथरगैरीथर, धप्राङ्थर, सभाथर (कोइथर) सहित पाँच वटा टोल रहेको यहाँका स्थानीयको मुख्य पेशा कृषि र पर्यटन हो ।

केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेपछि सिक्लेसमा होमस्टे र होटेलहरुको सङ्ख्या बढ्न थालेको छ । प्रकृति र संस्कृतिको धनी सिक्लेसमा स्थानीयको न्यानो आतिथ्यताले पर्यटकलाई लोभ्याउने गरेको छ ।

यातायातका साधन हुँदै पोखराबाट लगभग २ घण्टा ३० मिनेटको यात्रामा पुग्न सकिन्छ । पोखराको काहुँखोलाबाट लगभग ४० किमीको दूरीमा रहेको सिक्लेसमा यातायातको साधनबाट ढाँडबेसी, काभ्रेखोला, छाचोक, मेल्वो, थाक, तप्राङ, चिप्ली, खिलाङ र पार्चे हुँदै पुग्न सकिन्छ । यहाँ १२ महिना नै पर्यटक आउने गर्दछन् बिशेष गरि असोज, कार्तिक, मंसिरमा धेरै पर्यटक आउने गर्छन् ।

 

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको