कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको हजारौ वर्ष पुरानो गाउँ सिक्लेस जहाँ पुग्नासाथ ढुङ्गाले छाएको एवम् छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमुना बस्ती देख्न पाइन्छ जसलाई हेरेर पर्यटकले आफ्नो यात्राको थकाइ क्षणभरमै बिर्सने गर्छन् ।

 नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । पोखरादेखि उत्तरपूर्वमा अवस्थित सिक्लेसमा अधिकांश गुरुङबस्ती छ । गुरुङ कला र संस्कृतिको अध्ययन तथा हिमाली दृश्यावलोकनका लागि सिक्लेसमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् ।

सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेपछि दुई हजार ३५० मीटरको उचाइमा रहेको राइजिङ डाँडामा पुगिन्छ । त्यहाँबाट लमजुङ र अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । हर्पथर, लामाथरगैरीथर, धप्राङ्थर, सभाथर (कोइथर) सहित पाँच वटा टोल रहेको यहाँका स्थानीयको मुख्य पेशा कृषि र पर्यटन हो ।

केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेपछि सिक्लेसमा होमस्टे र होटेलहरुको सङ्ख्या बढ्न थालेको छ । प्रकृति र संस्कृतिको धनी सिक्लेसमा स्थानीयको न्यानो आतिथ्यताले पर्यटकलाई लोभ्याउने गरेको छ ।

यातायातका साधन हुँदै पोखराबाट लगभग २ घण्टा ३० मिनेटको यात्रामा पुग्न सकिन्छ । पोखराको काहुँखोलाबाट लगभग ४० किमीको दूरीमा रहेको सिक्लेसमा यातायातको साधनबाट ढाँडबेसी, काभ्रेखोला, छाचोक, मेल्वो, थाक, तप्राङ, चिप्ली, खिलाङ र पार्चे हुँदै पुग्न सकिन्छ । यहाँ १२ महिना नै पर्यटक आउने गर्दछन् बिशेष गरि असोज, कार्तिक, मंसिरमा धेरै पर्यटक आउने गर्छन् ।

 

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

भर्खरै

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

धेरै पढिएको