सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ –  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औं सस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड २०२४) प्रदान गरेको छ । उहाँहरुलाई सोमबार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मान प्रदान गर्नुभयो ।

राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा समाजसेवी तथा रक्तदाता संकलक अमृत नारायण मानन्धर, समाजसेवी तथा लेखक हरिराज शर्मा अर्याल (हराश) कपिलवस्तु , हिमालय वृद्धाश्रम केन्द्र गंगबुकी सरला पन्थी, समाजसेवी इशा गुरुङ लण्डन, गाउँले पर्यटनका पथप्रदर्शक तथा घुमन्तेका संस्थापक कञ्चन राई, समाजसेवी फुपुल्हामो लामा, नयाँ परिवर्तन नेपाल महिला पुनःस्थापना केन्द्र धरानकी संस्थापक प्रतिभा थापा, मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन, कानुन व्यवसायी राधिका खतिवडा, अक्सा नेपाली संस्थापक राइना व्यन्जनकार,अटिजम ‘विशेष स्कुल तथा पुनस्र्थापन केन्द्रकी संस्थापक सविता उप्रेती, सगरमाथा नेपालकी संस्थापक सावित्रीकुमारी अधिकारी, नेपाल युथ काउन्सीलका अध्यक्ष सरोज बानिया, चुरे बन जंगल संरक्षण बारा अभियानका संस्थापक सुनिल यादव, वरिष्ठ पत्रकार जन्मदेव जैसी, पर्यटन प्रर्वद्धक तथा उपहासचिव एनआरएनए आइसिसि सोम नाथ सापकोटा र जय नेपाल एनजिओका संस्थापक अल्वटो लुजिइ रोम लाई अवार्ड प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौंका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटिमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरिएको थियो ।

 कार्यक्रममा अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहकारको भुमिकामा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पव्लिक रिलेशन अफिसर योगेश पोखरेल, न्यूजपोलार डटकम सम्पादक शुसील अर्याल, साउथवेस्टन स्टेट कलेज बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह के.सी, वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहनु भएको थियो ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाजसेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रुपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिनुभयो ।
तस्बिर : सन्जय साह

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको