सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ –  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औं सस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड २०२४) प्रदान गरेको छ । उहाँहरुलाई सोमबार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मान प्रदान गर्नुभयो ।

राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा समाजसेवी तथा रक्तदाता संकलक अमृत नारायण मानन्धर, समाजसेवी तथा लेखक हरिराज शर्मा अर्याल (हराश) कपिलवस्तु , हिमालय वृद्धाश्रम केन्द्र गंगबुकी सरला पन्थी, समाजसेवी इशा गुरुङ लण्डन, गाउँले पर्यटनका पथप्रदर्शक तथा घुमन्तेका संस्थापक कञ्चन राई, समाजसेवी फुपुल्हामो लामा, नयाँ परिवर्तन नेपाल महिला पुनःस्थापना केन्द्र धरानकी संस्थापक प्रतिभा थापा, मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन, कानुन व्यवसायी राधिका खतिवडा, अक्सा नेपाली संस्थापक राइना व्यन्जनकार,अटिजम ‘विशेष स्कुल तथा पुनस्र्थापन केन्द्रकी संस्थापक सविता उप्रेती, सगरमाथा नेपालकी संस्थापक सावित्रीकुमारी अधिकारी, नेपाल युथ काउन्सीलका अध्यक्ष सरोज बानिया, चुरे बन जंगल संरक्षण बारा अभियानका संस्थापक सुनिल यादव, वरिष्ठ पत्रकार जन्मदेव जैसी, पर्यटन प्रर्वद्धक तथा उपहासचिव एनआरएनए आइसिसि सोम नाथ सापकोटा र जय नेपाल एनजिओका संस्थापक अल्वटो लुजिइ रोम लाई अवार्ड प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौंका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटिमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरिएको थियो ।

 कार्यक्रममा अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहकारको भुमिकामा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पव्लिक रिलेशन अफिसर योगेश पोखरेल, न्यूजपोलार डटकम सम्पादक शुसील अर्याल, साउथवेस्टन स्टेट कलेज बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह के.सी, वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहनु भएको थियो ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाजसेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रुपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिनुभयो ।
तस्बिर : सन्जय साह

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको