जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा लाग्ने हटिया (हाट बजार) स्थानीय उत्पादनहरू सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। प्रत्येक मंगलबार, बिहीबार, र शनिबार सञ्चालन हुने यस हटियालाई स्थानीय पालिकाकै पहलमा व्यवस्थापन गरिएको छ, जसले किसान, व्यापारी र उपभोक्ताबीचको दूरी घटाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

 बिहीबारको हटियामा तरकारी, मासु, माछालगायतका खाद्य वस्तुहरू बिक्री भइरहेको छ। हाल काउली प्रतिकिलो रु १०, चमसुरको साग प्रतिकिलो रु ५०, माछा प्रतिकिलो रु २००, खसिको मासु भाग लगाएको प्रतिकिलो रु ७००, र बोइलर कुखुराको मासु प्रतिकिलो रु २५० मा बिक्री भइरहेको छ।

यसैबीच, हटिया नजिकै रहेको मिथिला कल्चरल भिलेजमा आज शुक्रबारदेखि दुई दिने ‘हुचिल (उल्लु) महोत्सव’ आयोजना हुँदै छ। यो महोत्सव क्षेत्रीय जैविक विविधताको संरक्षण तथा मिथिला संस्कृतिमा उल्लुको स्थानबारे जनचेतना जगाउने उद्देश्यले गरिएको हो। आयोजकहरूका अनुसार महोत्सवमा स्थानीय कलाकारहरूका सांस्कृतिक प्रस्तुति, चित्रकला प्रदर्शनी, र प्रकृतिसँग सम्बन्धित विविध कार्यक्रमहरू हुनेछन्।

स्थानीय उत्पादन प्रवर्द्धन र संस्कृतिको जगेर्ना गर्ने यी गतिविधिहरूले जनकपुरवासीलाई आर्थिक र सांस्कृतिक रूपमा सबल बनाउने अपेक्षा गरिएको छ।

    

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको