अन्तर्राष्ट्रिय महिला फुटबलः म्यानमारद्वारा लेवनान ३-१ ले पराजित (तस्वीरहरू)

काठमाडौं – म्यानमारले काठमाडौँमा सुरु अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा लेवनानलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानमारले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा म्यानमारले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल रह्यो। खेलको ५७औं मिनेटमा कप्तान विन थिङगी टुनले गोल गर्दै म्यानमारलाई अग्रता दिलाइन्। उनले मे थे मोनको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै बललाई पोष्टको जाली चुमाइन्।

तर, म्यानमारको अग्रता लामो समय टिक्न सकेन। खेलको ६०औं मिनेटमा लेवनानकी लायला स्कन्दरले बराबरी गोल फर्काइन्। उनले डिबक्स बाहिरबाट गोलरक्षक अगाडि बढेको मौकामा डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै खाली पोष्टमा गोल गरेकी थिइन्।

म्यानमारले पुनः खेलमा पकड जमाउँदै ७२औं मिनेटमा अग्रता दोब्बर पार्‍यो। यु पेर खिनको लामो क्रसलाई सवि यी ले हेडर मार्फत गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाइन्। खेलको ७५औं मिनेटमा सान थ को गोलमार्फत म्यानमारले ३-१ को जित सुनिश्चित गर्‍यो।

यो जितसँगै म्यानमारले अंक तालिकामा ३ अंक जोडेको छ।

यता, आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले कीर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ। नेपाली टिमले घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

 

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको