अन्तर्राष्ट्रिय महिला फुटबलः म्यानमारद्वारा लेवनान ३-१ ले पराजित (तस्वीरहरू)

काठमाडौं – म्यानमारले काठमाडौँमा सुरु अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा लेवनानलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानमारले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा म्यानमारले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल रह्यो। खेलको ५७औं मिनेटमा कप्तान विन थिङगी टुनले गोल गर्दै म्यानमारलाई अग्रता दिलाइन्। उनले मे थे मोनको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै बललाई पोष्टको जाली चुमाइन्।

तर, म्यानमारको अग्रता लामो समय टिक्न सकेन। खेलको ६०औं मिनेटमा लेवनानकी लायला स्कन्दरले बराबरी गोल फर्काइन्। उनले डिबक्स बाहिरबाट गोलरक्षक अगाडि बढेको मौकामा डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै खाली पोष्टमा गोल गरेकी थिइन्।

म्यानमारले पुनः खेलमा पकड जमाउँदै ७२औं मिनेटमा अग्रता दोब्बर पार्‍यो। यु पेर खिनको लामो क्रसलाई सवि यी ले हेडर मार्फत गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाइन्। खेलको ७५औं मिनेटमा सान थ को गोलमार्फत म्यानमारले ३-१ को जित सुनिश्चित गर्‍यो।

यो जितसँगै म्यानमारले अंक तालिकामा ३ अंक जोडेको छ।

यता, आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले कीर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ। नेपाली टिमले घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

 

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको