राष्ट्रलाई संकट पर्दा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेकाे छ: उपप्रधानमन्त्री सिंह

बर्दिया : उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबकाे कार्यभार राजनीतिक स्थीरताबाे जगमा आर्थिक क्रान्ति गर्नु रहेकाे बताउनुभएकाे छ । प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जाेड दिनुभयाे ।

उपप्रधानमन्त्री सिंहले ०७ सालकाे क्रान्ति कांग्रेसले गरेकाे चर्चा गर्दै ०७२ सालमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएकाे भन्दै अबकाे कार्यभार संविधानलाई संस्थागत गर्दै जनताकाे जीवन र जिविकाेपार्जन सहज बनाउनु रहेकाे बताउनुभयाे । `प्राप्त गरेकाे राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थीरताकाे जगमा अब आर्थिक क्रान्ति गर्ने हाे,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे । अहिलेकाे व्यवस्था लामाे संघर्ष र बलिदानबाट प्राप्त भएकाे भन्दै अधिकारसँगै सबैले आआफ्नाे जिम्मेवारी पूरा गरेर बलियाे बनाउनुपर्नेमा पनि सिंहले जाेड दिनुभयाे ।

अग्रज नेताहरूले आफ्नाे समयमा जेलजिवन, यातना, निरवासन र सहिद भएर दिएकाे अधिकार सुरक्षित गर्ने दायित्व अहिलेकाे नेतृत्वकाे काँधमा रहेकाे भन्दै उहाँले त्यसका लागि नेपाली कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयाे । नेपाली कांग्रेस लाेकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लाेकतन्त्रकाे अभ्यास गर्दा अग्रजहरूले सिकाएकाे राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहकाे भनाई थियाे । उहाँले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयाे । `तत्कालिन समयमा कांग्रेसले के गर्न सक्छ ? ? भन्थे । ०१७ सालमा गुमेकाे अधिकार ला‌ैहपुरूष गणेशमान सिंहकाे नेतृत्वमा भएकाे आन्दोलनपछि पुनःस्थापित भयाे । जती जति बेला राष्ट्र संकटमा पर्छ कांग्रेसले नै नेतृत्वदायी भूमिका खेलेकाे छ, ´ सिंहले भन्नुभयाे ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले ०७ सालकाे क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाकाे लहर आएकाे बताउनुभयाे । देशकाे विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेकाे महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेकाे सरकारले गाउँ गाउँमा विद्यालय पुर्याएकाे स्मरण गर्नुभयाे ।

प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएकाे र त्यसले समाजका हरेक क्षेत्रमा ठुलाे परिवर्तन ल्याएकाे बताउनुभयाे ।

उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र स्थापनाका लागि याेगदान गर्ने बलिदान हुनेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूले देखेकाे सपना पूरा गर्न सबै लाग्नुपर्ने बताउनुभयाे ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको