टुँडिखेलमा तेक्वान्दो खेलाडीहरूको खेल प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं – सरकारले विशेष समारोह आयोजना गरी ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, सुरक्षाकर्मीका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक तथा खेलकुद गतिविधिहरू प्रस्तुत गरिएका थिए। विशेष रूपमा, राष्ट्रिय खेलकुद परिषद् (NSC) का खेलाडीहरूले तेक्वान्दो खेलको उत्कृष्ट प्रदर्शन प्रस्तुत गरे। नेपाल तेक्वान्दो संघका प्रमुख प्रशिक्षक श्याम थापा मगरको नेतृत्वमा खेलाडीहरूले आकर्षक तेक्वान्दो कौशल प्रदर्शन गरे, जसले दर्शकहरूलाई रोमाञ्चित बनायो।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै भने, “यस्ता कार्यक्रमहरूले नेपाली खेलकुदको स्तर उकास्न मात्र होइन, देशभक्ति भावनालाई पनि प्रवर्द्धन गर्छ।” उनले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप लगानी र अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टुकडीहरूले परेड तथा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए।

 

सिफारिस

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

भर्खरै

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

धेरै पढिएको