बसन्तपुरमा चिनियाँसंग नेपालका फोटो पत्रकारहरूको रंगीन होली उत्सव (तस्वीरहरू)

काठमाडौं – संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएका एक सयभन्दा बढी चिनियाँ फोटोग्राफरले काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा नेपाली फोटो पत्रकारहरूसँग होली पर्व मनाएका छन्।

चाइना नेपाल फ्रेन्डसिप फोरम र राष्ट्रिय फोटो पत्रकार समूहको संयोजनमा आयोजित यस विशेष कार्यक्रमले नेपाल–चीन मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

फोरमका संयोजक डा. कल्याणराज शर्मा का अनुसार, नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ फोटोग्राफरहरूलाई आमन्त्रण गरिएको हो। उनीहरूले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्नेछन्।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ले फागुपूर्णिमाको अवसरमा चिनियाँ फोटोग्राफरहरूलाई नेपालका विभिन्न स्थानमा रंगमय फोटोग्राफी गर्न विशेष प्रबन्ध मिलाइएको जानकारी दिए।

यस कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपालको संस्कृति, परम्परा, जीवनशैली, तथा ऐतिहासिक सम्पदाहरूलाई विश्वभर प्रचार गर्ने अवसर प्रदान गर्नेछ। पर्यटन प्रवर्द्धनका दृष्टिले यस्तो प्रकारका कार्यक्रमहरूले नेपाललाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको