काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ – नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा ‘जिरी मेनिया २०२५’ नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै चैत्र १५ देखि १७ गतेसम्म जिरीमा आयोजना हुन लागेको उक्त कार्यक्रमबारे जानकारी दिएको हो।  कार्यक्रममा नेपाल, भारत, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स लगायत विभिन्न देशहरूबाट मोटरसाइकल यात्रुहरूको सहभागिता रहने काठमाण्डू लिजेन्ड्सका अध्यक्ष रमेश अवालेले जानकारी दिए।

कार्यक्रम अवधिभर सहभागीहरूले जिरी नगरका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन् भने स्थानीय कला, संस्कृति तथा खानाको समेत अनुभव लिने अवसर प्राप्त गर्नेछन्। जिरी नगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको यो कार्यक्रम जिरी उद्योग वाणिज्य संघ, जिरी होटल व्यवसायी संघ लगायत स्थानीय निकायहरूको सहकार्यमा सम्पन्न गरिनेछ।

२०० भन्दा बढी रोयल एनफिल्ड मोटरसाइकल यात्रुहरूको सहभागिता रहने अनुमान गरिएको यस कार्यक्रमका सहभागीहरूले जिरीको प्राकृतिक सौन्दर्यको मज्जा लिँदै विभिन्न सांस्कृतिक कार्यक्रम, लाइभ ब्याण्ड, डिजे, स्थानीय परिकारको स्वाद तथा स्थानीय उत्पादनहरूको खरिद गर्ने अवसर पाउनेछन्।

कार्यक्रम अवधिभर जिरी नगरका स्थानीय बासिन्दा र पर्यटकहरूलाई विभिन्न खेलकुद तथा सांस्कृतिक क्रियाकलापहरू निःशुल्क रूपमा अवलोकन गर्न दिइने आयोजकले जनाएको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमका प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रा. लि. तथा रोयल एनफिल्ड रहेका छन् भने अन्य विभिन्न संघ-संस्थाहरूले पनि सहयोग गरिरहेका छन्। आयोजकले यस कार्यक्रमले जिरी भ्रमण वर्ष २०२५ लाई टेवा पुर्‍याउने तथा स्थानीय उत्पादनहरूको प्रचार-प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको छ।

कार्यक्रमबारे थप जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूलाई जानकारी गराइँदै जिरी नगरको पर्यटन विकासमा कार्यक्रमले पुर्‍याउने योगदानबारे प्रकाश पारिएको थियो।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको