राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते सम्पन्न हुने फोटोपत्रकारिता अवार्ड बारे जानकारी गराएको हो ।

एनएफपिजे नेपाल, व्यावसायिक फोटोपत्रकारहरूको पहिलो आधिकारिक संस्था हो । संस्था २०५३ साल असोज ६ गते स्थापना भएको थियो ।

अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारहरूको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिनेछ ।

साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

राष्ट्रिय तथा प्रदेशस्तरिय अवार्ड विधाहरू

राष्ट्रिय फोटोपत्रकारिता अवार्ड अन्तर्गत ९ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ ।

त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटोपत्रकारलाई सम्मान गरिनेछ ।

अवार्डका लागि आवेदन प्रक्रिया

फोटोपत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटोपत्रकारहरूले अनलाइन फारम भरी आवेदन दिन सक्नेछन्।

आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, उत्कृष्ट पाँच फोटो (२०७९ साल वैशाखदेखि २०८१ साल फागुन मसान्तसम्म खिचिएका) १२/१८ इन्च आकारमा ३०० डिपिआइ गुणस्तरमा क्याप्सनसहित पेश गर्नुपर्नेछ । आवेदन फारम २०८१ साल चैत्र ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्नेछ ।

निर्णायक मण्डल र मूल्यांकन मापदण्ड

अवार्ड छनौट समिति अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग एण्ड कम्यूनीकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञ वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनेछन् ।

निर्णायक मण्डलले तस्बिरहरूको प्राविधिक पक्ष, समाचार मूल्य, नैतिकता, सामाजिक–सांस्कृतिक प्रभाव, नवीनता तथा प्रविधिको प्रयोग लगायतका आधारमा मूल्यांकन गर्नेछ ।

समूहका अध्यक्ष प्रदीपराज वन्तले राज्यले फोटोपत्रकारहरुको हकहित र सम्मानको लागि कुनै पनि पुरस्कार तथा सम्मान स्थापना नगरेकाले २०७३ साल देखि आफ्नो नेतृत्वमा यो कार्यक्रम शुरु गरेको वताउनु भयो ।

सस्थाले नेपालमा रहेर व्यवसायीक फोटोपत्रकारितागर्ने हरुको सम्मान तथा हौसलाकोे लागि शुरुमा वार्षिक रुपमा आयोजना गर्ने गरि स्थापना गरेको कार्यक्रम हाल आर्थिक अभावका कारण २ वर्षको १ पटक अवार्ड आयोजना गरीने पनि उहाँले वताउनु भयो

यस वर्षको कार्यक्रम संयोजकमा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ लगायत महिला उपाध्यक्ष,महासचिव, सचिव, कोषध्यक्ष लगायत ७ जनाको आयोजक कमिटि गठन गरिएको अध्यक्ष वन्तले जानकारी दिनुभयो।

कार्यक्रममा अतिथिको रुपमा मित्र राष्ट्र चीनको युनान प्रान्तको युनान कम्यूनिकेसन ग्रुपका चीउहंग वागं र छो युआनयीको पनि उपस्थिति रहेको थियो ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको