एमाले महासचिव पोखरेलको नजरमा विद्युत प्राधिकरणका तीन प्रमुख: कसको नीति कस्तो ?

काठमाडौं- विद्युत प्राधिकरणका तीन कार्यकारी प्रमुखले अपनाएका फरक–फरक नीति र तिनको प्रभावबारे एमाले महासचिव शंकर पोखरेलको एक फेसबुक पोस्ट अहिले चर्चामा छ। उनले पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्ले, कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रणनीतिक सोचको तुलना गरेका छन्।

पोखरेलका अनुसार मुकेशराज काफ्लेले विद्युत अभावका बेला लोडसेडिङको समय बढाएर उद्योगीलाई डेडिकेटेड लाइन उपलब्ध गराउने नीति लिएका थिए। यो कदमले उद्योगी वर्गलाई राहत दिएको थियो, जसका कारण उनले उद्योगीहरूको मन जिते। तर, जब कुलमान घिसिङ नेतृत्वमा आए, उनले उद्योगलाई दिइएको डेडिकेटेड लाइनको विद्युत कटौती गरेर सहर बजार उज्यालो बनाउने नीति अवलम्बन गरे। यसले सर्वसाधारण नागरिकलाई फाइदा पुग्यो, जसका कारण उनले आमजनताको मन जिते।

अहिले हितेन्द्रदेव शाक्यको नेतृत्वमा विद्युत प्राधिकरणले नयाँ नीति अपनाएको छ। उनले सहर बजारको उज्यालो कायम राख्ने मात्र नभई थप विद्युत खरिद गरेर भए पनि उद्योगलाई आवश्यक आपूर्ति पुर्‍याउने प्रयास गरिरहेका छन्। यसले उनले उद्योगी र सर्वसाधारण दुबैको मन जित्ने रणनीति अपनाएको देखिन्छ।

पोखरेलले आफ्नो पोस्टमा लेखेका छन्, “हरेकले आफुले गरेको कामको आफ्नै तरिकाले औचित्य देखाउने गरेकै छन्। तर मुख्य कुरा त कस्को मन जित्ने भन्ने रणनीतिक योजनाको अन्तर हो।”

उनको भनाइले विद्युत भार व्यवस्थापन नीति समयानुसार परिवर्तन हुनु आवश्यक छ भन्ने सन्देश दिन्छ। पूर्ववर्ती नेतृत्वहरूलाई परिस्थितिअनुसार देवता वा दानवको रूपमा व्याख्या गर्नु सही दृष्टिकोण होइन भन्ने उनको तर्क छ। पोखरेलको यस पोस्टले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाइरहेको छ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको